ओशिमा बानु  ‘भिएस ग्यालेक्सी एक्सिलेन्स बेस्ट फेसन एवं लाइफ स्टाइल फेस अवार्ड’ बाट सम्मानित 

राम्रो अनलाइन     ०५ भदौ २०८१, बुधबार
ओशिमा बानु  ‘भिएस ग्यालेक्सी एक्सिलेन्स बेस्ट फेसन एवं लाइफ स्टाइल फेस अवार्ड’ बाट सम्मानित 


काठमाडौं–ओशिमा बानुलाई ‘ग्यालेक्सी एक्सिलेन्स बेस्ट फेसन एवं लाइफ स्टाइल फेस अवार्ड’ बाट सम्मान गरिएको छ । काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई  सम्मान गरिएको हो ।

निकिला मिडिया नेटवर्कद्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरूलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको (बेस्ट फेसन एवं लाइफ स्टाइल फेस)  विधामा ओशिमा बानु लाई सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरूले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । हाउस अफ फेसन नेपालकी संस्थापक तथा सीइओ हुन् बानु । उनले फेस अफ क्लासिक डाइमन्ड २०१२ जितेकी थिइन्।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे  सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हासिल गरेका व्यक्तिहरूको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् ।

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेश प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेश प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता  भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एनआरएन) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी) लगायतका प्रसिद्ध व्यक्तिहको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी  दिनेश डिसिले गरेका थिए ।

प्रतिक्रिया