नेप्सेमा ३५.८९ अङ्कको गिरावट

राम्रो अनलाइन     ०५ वैशाख २०७८, आइतबार
नेप्सेमा ३५.८९ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२९ ले घटेर ४८६.१६ मा ओर्लेको छ । कूल २०७ कम्पनीको एक करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर आठ अर्ब ८० करोड १८ लाख तीन हजार २१५ मा खरिद बिक्री भए ।

आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३७ अर्ब ८२ करोड नौ लाख १० हजार बराबरमा रहेको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर उकालो लागेको छ । 

कारोवारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ८७ करोड ६२ लाख ९९ हजार २६८ बराबरको कारोवार भयो ।

यस्तै, एनआइसि एशिया लघुवित्त ५५ करोड ३२ लाख २७ हजार १८०, नेपाल पूर्वाधार बैंक २७ करोड ९८ लाख ५६ हजार ४३४, अरुण काबेली पावर  २६ करोड ७७ लाख १८ हजार १७५, एनआइसि एशिया बैंक २६ करोड ३८ लाख ९७ हजार ७३०, कामना सेवा विकास बैंक २४ करोड ७२ लाख ५० हजार २१०, नबिल बैंक रु २३ करोड ३४ लाख २१ हजार ४१२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 
 

प्रतिक्रिया