सोमबार थपिए ३२२ कोरोना संक्रमित, ३७४ निको

राम्रो अनलाइन     ०५ माघ २०७७, सोमबार
सोमबार थपिए ३२२ कोरोना संक्रमित, ३७४ निको

पछिल्लो २४ घण्टामा देशभर ३२२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ४ हजार ३०६  जनाको पीसीआर परीक्षण गरिएकोमा ३२२ जनालाई कोरोना देखिएको हो । सोमबार थपिएका संक्रमितसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

आज संक्रमितमध्ये १६३ जना काठमाडौं उपत्यकाका रहेका छन् । 

पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । 

यसैगरी सोमबार ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९६५ पुगेको छ । 

हाल नेपालमा ३ हजार ८६१ सक्रिय संक्रमित रहेको छन् ।

प्रतिक्रिया