बङ्गलादेशलाई महिला साफ च्याम्पियनसिपको उपाधि 

राम्रो अनलाइन     १४ कात्तिक २०८१, बुधबार
बङ्गलादेशलाई महिला साफ च्याम्पियनसिपको उपाधि 


काठमाडौँ–साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बङ्गलादेशले उचालेको छ। बङ्गलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औँ मिनेटमा बङ्गलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् । बुधबार दशरथ रङ्गशालामा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। 

पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बङ्गलादेशका मोनिका चक्माले पहिलो गोल गरेकी थिइन् । त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काएकी थिइन् । तर पुनः ८१ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउने प्रयास अफल हुँदा नेपालले उपविजेतामा चित्त बुझाउनु परेको हो।

 

प्रतिक्रिया