काठमाडौँ–हाउस अफ नेपालको आयोजनामा एन भोग सिजन ११ को ग्रान्ड फिनाले सेप्टेम्बर २३ मा बालुवाटारस्थित अम्रपाली बैंक्वेटमा सम्पन्न भयो। धेरै प्रतिक्षित यो कार्यक्रमले फेसन र मनोरञ्जन क्षेत्रका अग्रणी नामहरूलाई एकै ठाउँमा ल्यायो, जहाँ उदयीमान मोडेलहरूले प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गरे।

स्टार शो–स्टपर्स प्रेमा लाम्गाडे, अनिश तामाङ (डिभिनिश), निश्चल खड्का, ऋद्धिमा सांबा, स्मृति सिंह, रुथ सिवाकोटी, सुमी मल्ल, भावना कालवानी, निमेश कापाली, सोफिया श्रेष्ठ र गौतम धिमालको उपस्थितिले रनवे झन् झिलिमिली बनायो। डिजाइनरहरूले विशेष संग्रह प्रस्तुत गरेका थिए भने प्रशिक्षकहरूले समेत प्रभावशाली रनवे उपस्थिती जनाए। कार्यक्रममा राजभाई सुवाल र हाकिम गुरुङजस्ता सम्माननीय पाहुनाको उपस्थिति रह्यो।

यस वर्षको प्रतियोगितामा २० जना फाइनलिस्ट—१० पुरुष र १० महिला—ले आफ्नो प्रतिभा, करिष्मा र आत्मविश्वास प्रस्तुत गरे।

पुरुष फाइनलिस्टहरूः रेमण्ड लिम्बु, परश कुमार विष्ट, दिवस बिक्रम सिंह, अनिल कन्डेल, नमन् एसजेबी राणा, अल्भिन प्रजापति, प्रज्वल चन्द बोहरा, ऋषभ गुप्ता, सफिग राज भुजु, र बिशाल कुमार थिए।

महिला फाइनलिस्टहरूः स्मृति घताने, समृद्धि केसी, सहारा पाण्डे, पूर्णिमा जीसी, प्रज्ञा गौतम, नेविशा कार्की, लक्ष्मी गुप्ता, सिवानी अधिकारी, अल्जु रिजाल, र अतिथि थापा थिए।
प्रतियोगितामा जिशु कोइरालाले (सौर्य) ले मष्ट इन्टेलिजेन्ट उपाधी हात परेकी थिइन् ।









