श्वेता खड्का, अभिनेत्री

होली मेरो प्रिय चाड हो । सानोमा होली नजिकिन थालेपछि एकदमै खुशी हुन्थेँ । साथीहरूसँग मिलेर समूह बनाउँथेँ र बाटोमा हिँड्नेहरूलाई लोला हान्ने गर्थें । गाउँभरिका साथीभाइ जम्मा भएर एकापसमा रङ लगाउँथ्यौँ । स्कुलमा होली विशेष कार्यक्रम हुन्थे । ती कार्यक्रममा धेरै नाचिन्थ्यो । बाटोमा केटाहरूले लोला हानेर स्कुल जानै सकिँदैन्थ्यो । पानीभन्दा पनि रङ बढी खेलिन्थ्यो ।
नम्रता श्रेष्ठ, अभिनेत्री

सानोमा वीरगञ्ज हुँदा खूब होली खेलिन्थ्यो । होली आउने दुईतीन दिनअघि साथीभाइ भेला भएर होलीको तयारी गथ्र्यौं । होलीमा मट्का फुटाउने कार्यक्रम हुन्थ्यो । मट्का फुटाउनका लागि हामी पनि खूब तयारी गथ्र्यौं । एउटामाथि अर्को चढेर मट्का फुटाउन साह्रै गाह्रो हुन्थ्यो । केटा र केटीबीच प्रतिस्पर्धा नै हुन्थ्यो । मट्का फुटाइसकेपछि एकअर्कालाई रङ लगाएर होली खेल्थ्यो । होली सकिएपछि सबैसँग पैसा उठाएर विभिन्न परिकार पकाएर खाइन्थ्यो ।
दीपाश्री निरौला, हास्यकलाकार
_1647484876.jpg)
मेरो बाल्यकाल विराटनगरमा बित्यो । त्यहाँ होली खूब खेलिन्थ्यो । होलीको दुईतीन दिनअघिदेखि नै रङ जम्मा पार्न थाल्थेँ । साथीभाइले मात्र नभई बुबाले पनि मलाई कसौँडीेको कालो मोसो दलिदिनुहुन्थ्यो । त्यसपछि हामी कालो मोसो दलेर गाउँ–गाउँ डुल्थ्यौँ र सबैलाई रङ लगाउँदै हिँड्थ्यौँ । होली खेल्न नमान्ने साथीलाई त झन् घरभित्रै पसेर रङ लगाइदिन्थ्यौँ । होली सकिएपछि सबै जना मिलेर खाजा बनाएर खान्थ्यौँ ।
राधिका हमाल, गायिका

मेरो घर रोल्पा हो । होली लागेपछि केटाले केटीहरूलाई लखेटी–लखेटी लोला हान्थे । स्कुल जानै मुश्किल पथ्र्यो । त्यति बेला अहिले जस्तै रङ पाइँदैन्थ्यो । त्यसैले रातभरि घाँस कुटेर त्यसको रङ बनाउने गथ्र्यौं । दुई गाउँका केटाकेटीबीच होली खेल्ने प्रतिस्पर्धा नै हुन्थ्यो । कसले कसलाई बढी लोला हान्ने भनेर । होलीमा लोला मात्र खाइएन कति पटक साथीहरूले गोबर पनि दलिदिन्थे । त्यो होली सम्झिँदा अहिलेको होली फिक्का लाग्छ । बच्चा बेलाको होली नै रमाइलो थियो ।
सुपुष्पा भट्ट, अभिनेत्री

केटाकेटी उमेरमा होली खेल्ने भनेपछि हुरुक्कै हुन्थेँ । मेरो गाउँ धादिङ जिल्लामा पर्छ । स्कुलमा कार्यक्रम गरेर होली मनाइन्थ्यो । पछि साथीहरू जम्मा भएर एकअर्कालाई रङ दलेर र लोला हानेर मस्ती गथ्र्यौंं । पानीमा भिज्दा आमाबाउबाट गाली खाइन्थ्यो । रङको पोको बोकेर टोलभरि रङ दल्दै र सबैलाई होलीको शुभकामना दिँदै हिँड्थ्यौँ । सानो बेलाको रमाइलो होली खूब याद आउँछ ।
सुरक्षा पन्त, अभिनेत्री

सानोमा होली खासै खेलिएन । परिवारसँग मात्र रङ लगाएर घरको कम्पाउन्डमै बित्यो बच्चा बेलाको होली । कलेज जान थालेपछि मात्र रमाइलो गर्न थालियो । पोहोर होलीमा धेरै रमाइलो भयो । पहिलोपल्ट घरबाट बाहिर निस्किएर होली मनाएकी थिएँ । मिल्ने साथीहरूसँग वसन्तपुर गएकी थिएँ । सांगीतिक कार्यक्रममा नाच्दै, गाउँदै होली मनाइयो ।
लक्ष्मी गिरी, अभिनेत्री
सानो बेलामा बानेश्वरमा होली धुमधामले मनाइन्थो । कौसीमा बसेर बाटोमा हिँड्नेलाई लोला हान्थेँ । एक महिलालाई लोलाले लाग्दा उनी खूब रिसाइन् । माथि आएर मलाई गाली गरिन् । त्यति बेला पाँच पैसाको पाँच वटा बेलुन आउँथ्यो । बेलुन किन्न घरबाट फिटिक्कै पैसा दिनुहुन्थेन । मिठाई खान भनेर झुटो बोलेर पैसा माग्थेँ । त्यो पैसाले बेलुन किन्थेँ । होली मन पर्ने चाडमध्ये एक हो ।
युवराज चौलागाइँ, गायक

हाँडीको मोसो दलेर गाउँमा डुल्नुको मज्जा नै अलग थियो । ऊ बेलामा रङभन्दा मोसोको होली बढी खेलियो । कसैलाई मोसो दलियो भने संसारै जितेको जस्तो लाग्थ्यो । हाम्रा लागि होली भनेको त्यही थियो । मोसो नलगाएर भाग्ने साथीलाई मैले जबर्जस्ती मोसो लगाइदिँदा ठूलो झगडा परेको थियो । त्यो क्षण कहिल्यै बिर्सन्नँ ।
दीपिका प्रसाईं, अभिनेत्री

होली रङको पर्व हो । मलाई होली रमाइलो लाग्छ । हरेक वर्ष होली खेल्छु । कुनै वर्ष पनि छुटाउँदिनँ । जेजस्तो काम आइपरे पनि सबै काम साइड लगाएर होली खेल्ने गर्छु । मेरो बाल्यकाल धनगढीमा बित्यो । सानोमा पानीभन्दा रङ दलेर बढी होली खेलिन्थ्यो । पिचकारी बोकेर बाटोमा बस्थ्यौँ र आउनेजानेलाई पानी छ्याप्थ्यौँ । तर, आफूलाई कसैले लोला हान्यो भने गाली गथ्र्यौं ।
ज्योत्स्ना योगी, अभिनेत्री

होली भनेपछि भुतुक्कै हुन्छु । कहिल्यै छुटाउँदिनँ होली खेल्न । बच्चा बेला भने खासै होली खेलिएन । गत वर्ष होलीमा इन्डियामा थिएँ । त्यहाँ होली खेल्ने मौका पाएँ । त्यहाँको होली साह्रै मन पर्यो । सबै जना एउटै लुगामा सजिएका थिए, होलीमा रङ लगाउनुअघि सबैले सोध्ने, नयाँ मान्छे भनेपछि राम्रोसँग सत्कार गर्नेलगायत कुरा मलाई मन पर्यो ।