‘बेहुली फ्रम मेघौली’को प्रिमियरमा स्वस्तिमा ट्रयाक्टर हाँकेर पुगिन् (तस्बिरसहित) 

राम्रो अनलाइन     १७ असोज २०८१, बिहिबार
‘बेहुली फ्रम मेघौली’को प्रिमियरमा स्वस्तिमा ट्रयाक्टर हाँकेर पुगिन् (तस्बिरसहित) 


काठमाडौं– फिल्म ‘बेहुली फ्रम मेघौली’लाई क्यूएफएक्सको भक्तपुरस्थित हलमा भव्य प्रिमियर गरिएको छ । बुधबार बेलुका आयोजित समारोहमा फिल्मको टीम र सेलेव्रिटीको बाक्लो उपस्थिती रह्यो । विहिबारदेखि यो फिल्म देशब्यापी प्रदर्शनमा आएको छ ।

प्रिमियर समारोहमा अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्का ट्रयाक्टर हाँकेर प्रवेश गरिन् । उनले हाँकेको ट्रयाक्टरमा अन्य सहकलाकार पनि चढेका थिए ।

निश्चल बस्नेत र स्वस्तिमा प्रिमियर समारोहको आकर्षण बन्दा हरिवंश आचार्य, निरुता सिंह, आना शर्मा, सुशान्त केसी पनि हलमा देखिए । आफ्नो प्रेमलाई सामाजिक संजालबाट जानकारी दिँदै आएका आना र सुशान्त सम्भवतः पहिलोपटक सार्वजनिक समारोहमा एकसाथ देखिएका हुन् ।

तस्वीर सौजन्यः बेहुली फ्रम मेघौली

प्रतिक्रिया