‘चम्किला पहिरन मन पराउँछु’ 

जयन सुब्बा मानन्धर     १३ वैशाख २०७८, सोमबार
‘चम्किला पहिरन मन पराउँछु’ 

म बढी प्यान्ट–सर्ट लगाउन रुचाउँछु । वानपिस पनि मन पराउँछु । मसँग वानपिसको राम्रो कलेक्सन छ । सट्र्स पनि त्यस्तै लगाउँछु । म एकदमै फेसनेबल त होइन तर समयअनुसार फेसनमा अपडेटेड हुन्छु । 
मलाई चम्किला रङका पहिरन बढी मन पर्छन् । त्यसैले मेरो दराजमा चम्किला र रंगिन पहिरन बढी छन् । स्लिभलेस ट्युब र स्पोट्र्स वेयर पनि छन् मेरो वार्डरोबमा । 
सारी पनि मलाई खूब मन पर्छ । हेभी वर्क भएको टल्किने सारीभन्दा चम्किलो रङको सिम्पल सारी लगाउन मन पराउँछु । मेरो दराजमा प्रिन्टेड र प्लेन बोर्डर भएका सिफन सारी थुप्रै छन् । 
ड्रेसअनुसार जुत्ता लगाउन रुचाउने भएकाले मसँग सिल्भर, कालो, सुनौलो, सेतो र कलेजी रङका लगभग ३५ जोडी जुत्ताचप्पल छन् । स्पोट्र्स सुज पनि छन् दराजमा । एक्सेसरिजमा इयररिङ भनेपछि भुतुक्कै हुन्छु । मसँग इयररिङ टन्नै छन् । 
घडी र पफ्र्युम ब्रान्डेड प्रयोग गर्छु । चस्मा चाहिँ पारिजात ब्रान्डको लगाउँछु ।
 

प्रतिक्रिया