म पहिरनको एकदमै सोखिन छु । फेसन डिजाइनर पनि भएकाले आफ्ना लागि सधँै नयाँ–नयाँ डिजाइनका पहिरन बनाउने गर्छु । अकाशे नीलो, सेतो, रातो, गुलाबी मलाई मन पर्ने रङ हुन् । गर्मी याममा यिनै रङका लुगा बढी लगाउँछु । गर्मीमा बढीजसो नी लेन्थ ड्रेस, लङ म्याक्सी, जम्पसुट, सेतो टप्स र जिन्स बढी लगाउने गर्छु । मेरा दराजमा यस्तै लुगा बढी छन् । सारी पनि मलाई मन पर्ने पहिरन हो । सधैँ सारी लगाउन नसकिए पनि अवसरअनुसार लगाउँछु । दराजमा सारी टन्नै छन् । लोमानी ब्रान्डका पफ्र्युम मेरो दराजमा राखिएका छन् । टिसोट, फोसिल ब्रान्डका घडी, रेबनको चस्मा, आना, जाराका जुत्ताचप्पल मेरो वार्डरोबमा छन् । मसँग रंगिन जुत्ताको राम्रो कलेक्सन छ ।
