काठमाडौं–आइजिपीबाट हटाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। दानबहादुर कार्कीले वारेसमार्फत् रिट दिएका हुन्।
उनले आइजिपीमा पुनर्बहाली माग गरेका छन्। अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार बिहीबार सर्वोच्चमा रिट पठाइएको हो।
सर्वोच्च अदालतले रिट अध्ययन गरिरहेको छ। दर्ता भइसकेको छैन। ‘रिट पठाइसकेका छौं। सर्वोच्चले अध्ययन गरिरहेको होला,’ कुँवरले भने।
सरकारले कार्कीलाई आइजीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो। सोनिर्णय विरूद्ध र आफूलाई आइजीको रूपमा पुनर्बहाली गर्न माग गर्दै रिट दिइएको हो।