कर्पोरेट ग्रुमिङमा सक्रिय मञ्जु

राम्रो अनलाइन     ०३ साउन २०८१, बिहिबार
कर्पोरेट ग्रुमिङमा सक्रिय मञ्जु

कर्पोरेट ग्रुमिङ नेपालका लागि नौलो पेशा हो । विदेशतिर यो बुम भइरहेको पेशा हो । नेपालमा पनि यसको माग बढ्दो छ । हरेक मानिस व्यावसायिक बन्दै गइहरेका छन । महिला या पुरुष हरेक प्रोफेशनलहरूका लागि यो कर्पोरेट ग्रुमिङ आवश्यक हुँदै गइरहेको छ । 

विगत १२ बर्षदेखि सौन्दर्य क्षेत्रमा निरन्तर लागि परेकी मञ्जु कार्की पाण्डे गत ३ बर्षदेखि कर्पोरेट ग्रुमिङको क्षेत्रमा समेत सक्रिय छिन । झापामा हुर्के–बढेकी उनले काठमाडौंलाई कर्मथलो बनाइ रहेकी छिन् । 

सौन्दर्य पेशामा रहँदा विभिन्न व्युजी प्याजेन्टहरुमा समेत भाग लिएकी उनी अहिले विभिन्न इन्स्टिच्युट, प्याजेन्ट कम्पनी लगायत शैक्षिक संघसंस्था र बिजनेश हाउसहरुमा कर्पोरेट ग्रुमिङका साथै मेकअप आर्टिस्ट कोर्षसम्बन्धी तालिम दिन्छिन ।

‘कर्पोरेट ग्रुमिङ नेपालका लागी नौलो कोर्ष हो । विदेशतिर यो बुम भइरहेको पेशा हो, यहाँपनि यसको माग बढ्दो छ ।’ मञ्जु भन्छिन–‘अहिले हरेक मानिस व्यावसायिक बन्दै गइहरेका छन । महिला या पुरुष हरेक प्रोफेशनलहरुका लागी यो आवश्यक छ ।’ समाजसेवामा समेत उत्तिकै सक्रिय मञ्जु कर्पोरेट गु्रमिङलाई हरेक प्रोफेशनहरुका लागी नभइ नहुने कला का रुपमा व्याख्या गर्छिन । 

प्रतिक्रिया