महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा

राम्रो अनलाइन     ०१ चैत २०७७, आइतबार
महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिले देवकोटालाई सीईओमा नियुक्त गरेको हो । देवकोटा करिब दुइ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय व्यक्ति हुन् ।

उनी यस अघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृत थिए । महालक्ष्मीमा सीईओ पाउने भए पछि उनले सिटिजन्स छाडेका थिए ।

प्रतिक्रिया