‘मिस अर्थ’ प्रतिस्पर्धाबाट बाहिरियो नेपाल

राम्रो अनलाइन     १९ कात्तिक २०८२, बुधबार
‘मिस अर्थ’ प्रतिस्पर्धाबाट बाहिरियो नेपाल

काठमाडौं–शानदार प्रस्तुतिको बाबजुद पनि नेपालले ‘मिस अर्थ २०२५’ को अन्तिम २५ मा स्थान बनाउन असफल भएको छ ।

‘ट्यालेन्ट राउण्ड’मा स्वर्ण जितेकी मिस नेपाल अर्थ सोनी घलेले मतदानको आधारमा तय हुने ‘मिस पिपुल्स च्वाइस’मा दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो ।

केही घण्टा शीर्षस्थानमा रहेकी सोनीलाई मतदान सकिने बेलासम्म मेक्सिकोले उछिनेर अन्तिम २५ मा स्थान निश्चित गरेको थियो ।

नेपालले १४,२० प्रतिशत भोट ल्याउँदा मेक्सिकोकी जेनेसिस वेरा फर्नान्डेजले १४,४४ प्रतिशत भोट ल्याएकी थिइन् । यदि नेपालले जितेको भए ७ वर्षपछि सेमीफाइनलमा प्रवेशको इतिहास दोहोर्‍याउने थियो ।

ट्यालेन्ट राउण्डदेखि ‘मिस पिपुल्स च्वाइस’को प्रतिस्पर्धासम्म घलेले अन्तर्राष्ट्रिय मिडियाको समेत ध्यान तान्न सफल भएकी थिइन् । तीव्ररुपमा अपडेट भैरहने वरियताको सूचीमा उनी शीर्षस्थानमा रहन सफल रहिन् । तर, भोटिङ समाप्त हुने बेलासम्म परिस्थिती उल्टियो ।

‘सोनीको गहकिलो र सशक्त प्रस्तुति रह्यो’ मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अनलाइनखबरसँग भने ।

यसवर्षको मिस अर्थको प्रतिस्पर्धा फिलिपिन्समा जारी छ । ७८ जना वातावरण सुन्दरीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। 

प्रतिक्रिया