‘मिस नेपाल इन्टरनेसनल्स २०२५ को ग्राण्ड फिनाले सम्पन्न

राम्रो अनलाइन     ३१ भदौ २०८२, मङ्गलबार
‘मिस नेपाल इन्टरनेसनल्स २०२५ को ग्राण्ड फिनाले सम्पन्न

काठमाडौँ– इभेन्ट फर यूको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मिस नेपाल इन्टरनेसनल्स २०२५ भव्य रूपमा सम्पन्न भएको छ । विजेताहरू क्रमशः सप्तरी कन्चनपुर की १८ बर्षीया नन्दिनी शर्मा मिस नेपाल इन्टरनेसनल्स ग्याल्म वल्र्ड राप्तीनगर , चितवनकी ४८ बर्षीय सोमु पुन मिसेस नेपाल इन्टरनेसनल्स यूरोप, गोरखाकी ३० वर्षीया शर्मिला थापा मिसेस नेपाल इन्टरनेसनल्स यूरो एशिया एवं काठमाडौँ सीतापाइलाकी ३८ वर्षीय सुमित्रा श्रेष्ठले मिसेस इन्टरनेसनल्स एसिया प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । 

प्याजेन्ट कोच एवं फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी र ग्रुमिङ क्लास रहेको ‘मिस नेपाल इन्टरनेसनल्स २०२५’ को निर्णायक मण्डलमा वरिष्ठ गायिका देविका बन्दना, गायिका एवं नायिका पूजा लामा, मिसेस नेपाल युनिभर्स २०१८ एवं फेशन डिजाइनर मनिषा डंगोल  श्रेष्ठ, हिमालयन ब्रुअरीका महाप्रबन्धक श्याम श्रेष्ठ, स्पाइस जेट एयरलाइन्सका संगीता रौनियार एवं राष्ट्रिय उसु खेलाडी आङबाबु लामा आदि रहेका थिए । 

‘मिस नेपाल इन्टरनेसनल्स–२०२५’ का  सहभागीहरु  आकर्षक पहिरनहरु  लगाएर  स्टेजमा उत्रिएका थिए , ती पहिरनहरुलाई नेपाल फेशन एकेडेमी एवं सोलमेट बुटिकले तयार  पारेको थियो।

कार्यक्रममा दी ¥याम्प मोडलिङ एजेन्सीका मोडलहरू केभीन श्रेष्ठ, युवराज खतिवडा, शुभम थापा, प्रशुन गौतम, प्रत्याशा गौतम, लशता मर्हजनले ब्राण्ड फ्याक्ट्रीको फेशन स्वीकेन्स प्रस्तुत गरेका थिए । निकिता आर्चायले   सन्चालन गरेको यस कार्यक्रममा गायक सपन श्रेष्ठको गायन, तुलसा पहाडी, उमिशा पाण्डे,  डली महर्जन को नृत्यले दर्शकहलाई मनोरन्जन प्रदान गरेको थियो ।

अन्य उपविजेता 
१. मिस बेस्ट वाक अवार्ड 
नन्दिनी शर्मा 
२. मिस पपुलारिटी अवार्ड 
सोमु पुन 
३. मिस बेस्ट पर्सनालिटी अवार्ड 
अल्फा पूरी  
४. मिस फोटोजेनिक अवार्ड  
पेम्बा लामा 
५. मिस बेस्ट ड्रेस अवार्ड  
ज्योती राणा 
६. मिस टेलेन्ट अवार्ड  
अन्जु श्रेष्ठ 
७. मिस बेस्ट स्माइल अवार्ड 
निरुता राई 

८. मिस नेपाल इन्टरनेशनल्स क्लासिक  अवार्ड  
भद्रकला राई

प्रतिक्रिया