नेपाली निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भारतीय म्युजिक भिडियो ‘तेरी मेरी दास्तान’ का लागि सेन्ट्रल फेशन हबका इन्स्टिच्युटका नविन लुईटेल र सहकर्मीहरु ,रस्मी थापा, मलती राई ,प्रतीक्षा थापा मगर, सुभाशिनी सिङ ड्रेसले डिजाइन गरेका छन्।

भिडियोमा नेपालका स्टार आरआर खड्का र आँचल शर्माले अभिनय गरेका छन्। म्युजिक भिडियो उद्योगमा सायद पहिलो पटक एक पिरियड फिल्मको अनुभूति दिने एल्बम आउँदैछ। हो, गीतको नाम ‘तेरी मेरी दास्तान’ हो, जसलाई निर्देशक नितिन चन्दले कुशलतापूर्वक निर्देशन गरेका छन् ।

सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’, अक्षय कुमारको फिल्म खिलाडी ७८६ को गीत ‘हुक्का बार’ जस्ता धेरै सुपरहिट फिल्ममा आफ्नो अदभुत स्वर दिएका गायक विनीत सिंहले यस उत्कृष्ट गीतमा आफ्नो स्वर दिएका छन् ।

फिल्मी शैलीमा खिचिएको यस भिडियोमा नेपालकी चर्चित अभिनेत्री आँचल शर्मा र आरआर खड्काको जोडी देखिनेछ । यस भिडियोमा पारस शाह र सोनु मिश्रा पनि अभिनयलाई सपोर्ट गर्दैछन् । गीतको कोरियोग्राफर सियोन श्रेष्ठ, डीओपी जोगेश गोराई र नवराज रहेका छन् । जयपुरको ऐतिहासिक दरबारमा गीतको छायांकन गरिएको छ । केही दृश्यको छायांकन नेपालमा पनि भएको थियो।
