पूर्वप्रधानमन्त्री खनाल सङ्क्रमणमुक्त

राम्रो अनलाइन     २७ वैशाख २०७८, सोमबार
पूर्वप्रधानमन्त्री खनाल सङ्क्रमणमुक्त

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् । 

उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पीसीआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने छन् ।

सङ्क्रमीत  भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया