पवन गिरीले ल्याए नयाँ गीत ‘वास्तविकता’ (भिडिओ)

राम्रो अनलाइन     २६ चैत २०८१, मङ्गलबार

काठमाडाैं – नेपाल आइडल सिजन २ का सहभागी गायक पवन गिरीले नयाँ गीत ‘वास्तविकता’ ल्याएका छन्। गायक गिरीकै शब्द र संगीत रहेको गीतमा उनकै स्वर सुन्न सकिन्छ। गीतमा संगीत संयोजनसमेत गिरीले नै गरेका छन्। 

‘वास्तविकता’ को भव्य प्रीमियर कार्यक्रम ललितपुरको सातदोबाटोस्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको हो। उक्त समारोहमा नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका चर्चित संगीतकर्मी, सञ्चारकर्मी तथा गायक९गायिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।गीतको भिडिओमा प्रतिभा रानी राईको अभिनय देख्न पाइन्छ। भिडिओको निर्देशन पनि गायक गीरी आफैंले गरेका हुन्। 

गीतले सामाजिक यथार्थ, संघर्ष र भावनात्मक सम्वेदनालाई समेटेको छ भने भिडियोको छायांकन, सम्पादन र प्रस्तुतिमा पनि गहिरो परिश्रम झल्किएको छ। कार्यक्रममा बोल्दै गीरीले भने, ‘यो गीत मेरो जीवनका केही अनुभूति र देखेका यथार्थ घटनाहरूको प्रतिनिधित्व हो। दर्शक९श्रोताले यसलाई आत्मासँग जोड्नेछन् भन्ने विश्वास छ।’

प्रतिक्रिया