काठमाडौं– नेपाली बजारमा बुधबार (पुस १६) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन ११ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार दुई लाख ६२ हजार १०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँ घटेको छ । अघिल्लो दिन चार हजार ५९० रहेको चाँदी यस दिन १२० रुपैयाँले घटेर चार हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।