सुनको भाउ हाल सम्मकै उच्च, नाघ्यो २ लाख ७० हजार

राम्रो अनलाइन     १३ पुस २०८२, आइतबार

काठमाडौं– साताको पहिलो दिन आइतबार (पुस १३) सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ । 

यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार (पुस ११) पनि कीर्तिमान कायम भएको थियो । सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो । 
         

प्रतिक्रिया