सुनको मूल्य हालसम्मकै उच्च, चाँदीमा पनि कीर्तिमान

राम्रो अनलाइन     २९ पुस २०८२, मङ्गलबार
सुनको मूल्य हालसम्मकै उच्च, चाँदीमा पनि कीर्तिमान

काठमाडौं– लगातार उकालो लागेको सुनको मूल्यले मंगलबार (पुस २९) अर्को कीर्तिमान कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो । 

अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने भएको छ । चाँदीको मूल्यमा पनि अर्को रेकर्ड बनेको छ । 

मंगबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ बढी हो । सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ थियो ।

प्रतिक्रिया