सुनको मूल्य सामान्य घट्यो

राम्रो अनलाइन     १४ पुस २०८२, सोमबार

 काठमाडौं–  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेकाे  छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार सामान्य घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा ४ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया