काठमाडौं– काठमाडौंको शान्तिवाटिकामा बसेका प्रदर्शनकारीहरूलाई महानगर प्रहरीले हटाएको छ। माइतीघर मण्डलाबाट लखेटिएपछि शान्तिवाटिकामा बिभिन्न माग राख्दै धर्नामा बसेकाहरुलाई त्यहाँबाट पनि हटाइएको छ ।
मंगलबार बिहान काठमाडौं महानगर प्रहरीले प्रदर्शनकारीहरूलाई शान्तिवाटिकाबाट हटाएको हो। शान्तिवाटिकामा आरती साहका परिवार, बलात्कार आरोपी न्यायाधीश भुवन गिरीकी श्रीमती, मिटरब्याजी पीडितहरूले प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरू शान्तिवाटिका बाहिरै बसिरहेका छन्।