अस्ट्रेलियाकी पर्यावरण पत्रकार जेसिका लेनले जितिन् मिस अर्थ २०२४ को उपाधि 

राम्रो अनलाइन     २६ कात्तिक २०८१, सोमबार
अस्ट्रेलियाकी पर्यावरण पत्रकार जेसिका लेनले जितिन् मिस अर्थ २०२४ को उपाधि 

अस्ट्रेलियाकी पर्यावरण पत्रकार जेसिका लेनले मिस अर्थ २०२४ को उपाधि जितेकी छिन् । नोभेम्बर ९ मा फिलिपिन्सको मनिलामा आयोजित कार्यक्रममा उनलाई अल्बेनियाकी गत वर्षकी मिस अर्थ ड्रिटा जिरीले ताज पहिराइन्। फिलिपिन्सबाट प्रतिनिधित्व गरेकी इरहा मेल अल्फेचे शीर्ष १२ मा पुग्न सफल भइन्। आइसल्याण्डकी ह्राफ्नहिल्डुर हराल्डस्डोट्टिरले मिस अर्थ एयर, संयुक्तराज्य अमेरिकाकी बिया मिलन विन्डोर्स्कीले मिस अर्थ वाटर र पेरुकी नेभा अन्तेजानाले मिस अर्थ फायरको उपाधि जितेका छन् । 

शीर्ष १२ मा पुग्ने अन्य प्रतिस्पर्धीहरूमा प्यूर्टो रिको, मौरिसियस, नाइजेरिया, नामिबिया, डोमिनिकन गणराज्य, रुस, र काबो भर्डेका प्रतियोगीहरू थिए। वेल्स, कोरिया, यूएई, नेदरल्याण्ड्स, थाइल्यान्ड, न्युजिल्याण्ड, क्युबा, र फिलिपिन्सका प्रतियोगीहरू शीर्ष २० सम्म पुगे। 

प्रतियोगीहरूले एन्जेला टालोजा डिजाइनका पोशाकमा ‘पामुलिनावेन’ र ‘सालिदुमाई’ गीतमा नृत्य प्रदर्शन गरे। निर्णायकहरूको प्यानलमा अघिल्ला मिस अर्थ विजेता तथा प्रमुख वातावरणीय अभियन्ताहरू समावेश थिए। रोबी डोमिंगोले सञ्चालन गरेको यो कार्यक्रम युट्युबमा विश्वभर प्रत्यक्ष प्रसारण भएको थियो। यस वर्षको प्रतियोगिताको विषयवस्तु ‘परम्परा र वातावरण’ मा केन्द्रित थियो।

प्रतिक्रिया