चलचित्र पत्रकार संघ नेपालको २६औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

जयन सुब्बा मानन्धर     १६ जेठ २०८२, शुक्रबार
चलचित्र पत्रकार संघ नेपालको २६औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

काठमाडौं–चलचित्र पत्रकार संघले आफ्नो २६ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । संघले इलाम जिल्ला श्रीअन्तुस्थित केबी हिल रिसोर्टमा आफ्नो २६ औं वार्षिक उत्सव सम्पन्न गरेको हो । जेठ ७ र ८ गते आयोजना गरिएको दुई दिने कार्यक्रममा चलचित्र पत्रकारितामा योगदान पुर्‍याउने सात जना पत्रकारलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

दुई दिने कार्यक्रम अन्तर्गत पहिलो दिन ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ र ‘पुरस्कार तथा सम्मान प्रदान समारोह’ आयोजना गरिएको थियो भने दोस्रो दिन ‘सिनेमा र पर्यटन’ विषयमा संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

समारोहमा ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२  (५५ हजार ५५५) नगदसहित, विष्णु सुवेदी, नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवनकुमार पराजुली र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ (५१ हजार नगदसहित) प्रदान गरिएको थियो । त्यस्तै, रश्मि थापा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ र तुलसीप्रसाद निरौलालाई कोशी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई २५ हजार नगदसहित) प्रदान गरिएको थियो ।

पुरस्कार बितरण समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भूषाल , गौरी मल्ल , वरिष्ठ अभिनेता शिव श्रेष्ठ , संघका पूर्व अध्यक्षहरु शान्तिप्रिय, बिदुर गिरी, दिनेश सिटौला तथा संघका वर्तमान अध्यक्ष समीर बलामी लगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए । चलचित्र पत्रकार संघको उक्त दुइदिने  कार्यक्रममा निर्देशक मिलन चाम्स ,  प्रेम कुमार श्रेष्ठ , निर्देशक एवं डान्स कोरियोग्राफर रेनाशा बान्तवा राई , कलाकार संघका अध्यक्ष मोहन निरौला , निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली एवं स्थानीय बिशिष्ट अतिथीहरु र देशभरका चलचित्र पत्रकारहरुको सहभागिता एवं मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले सफलता पूर्वक कार्यक्रम सम्पन्न भएकोमा सम्पूर्ण च​ल​चित्र​ पत्रकार​हरुलाई ब​धाई तथा आभार​ प्रकट गर्दै सिनेमा र पर्यटनलाई जोड्दै राष्ट्रको पहिचान निर्माण गर्ने बताए । ‘एक ऐतिहासिक कार्य​क्र​म​ स​फ​ल​ भ​एकोमा हामी स​बै च​ल​चित्र​ पत्रकार​हरुलाई ‘ब​धाई छ ’। च​ल​चित्र​ प​त्र​कार​ संघ​ नेपाल​को २६औं वार्षिक उत्स​ब​को अव​स​र​मा स​म्मान र​ पुर​स्कार​ पाउनुहुने स​बै चल​चित्र​ प​त्र​कार​ह​रुमा ‘हार्दिक बधाई’ उनले भने ।

यसैगरी नेपाल​ च​ल​चित्र​कर्मी संघ​ कोशी प्र​देश​का अध्य​क्ष​ केव​ल​ तामाङ​ ल​गाय​त​ प्र​त्य​क्ष​ तथा अप्र​त्य​क्ष​ रुपमा स​हयोग​ ग​र्ने स​बैमा हार्दिक आभार​ प्रकट गरे । कार्यक्र​म​ले सिनेमा र​  प​र्य​ट​न​ जोड्ने तथा​ सिनेमा मार्फ​त​ इलाम​ र​ श्रीअन्तुको पर्यटन​ प्र​व​र्द्व​न​ ग​र्ने कुरामा विश्वास गरिएको छ। ‘हामी सबैको साझा लक्ष्य हो सिनेमा र पर्यटनलाई जोड्दै राष्ट्रको पहिचान निर्माण गर्ने। यस यात्रामा तपाईंहरूको निरन्तर साथ र योगदानको अपेक्षा गर्दछु,’ तामाङले भने ।  

यससँगै कार्यक्रममा सहभागी पत्रकारहरूले श्रीअन्तुको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै उक्त क्षेत्रलाई चलचित्र छायाङ्कनको लागि उपयुक्त खुला स्टुडियोका रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। भेलाको व्यवस्थापन चलचित्र पत्रकार सङ्घ नेपाल कोशी प्रदेश शाखाको संयोजनमा इलाम, झापा, मोरङ र सुनसरी शाखाले गरेका थिए। यस्तै समारोहमा श्रीअन्तुका स्थानीयलाई निर्देशक मिलन चाम्सको उपस्थितीमा ‘एन्जीला ’ चलचित्र  समेत देखाइएको थियो ।

प्रतिक्रिया