प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते

राम्रो अनलाइन     १३ चैत २०८२, शुक्रबार
प्युठानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते

प्युठान– प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

प्युठानकै बाँदिकोटबाट रुपन्देहीको बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा।लि। को ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस आज बिहान करिब ७ः२० बजे आहालखोला–चिसापानी खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि प्युठान अस्पताल र निमतारा पोलिक्लिनिकमा ल्याइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये प्युठान नगरपालिका–२ क्वाडीकी ५१ वर्षीया बिमला विष्टको टाउकोमा चोट लागेको छ । उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइते अधिकांशको अवस्था सामान्य छ ।

प्रतिक्रिया