यी हुन् बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय

राम्रो अनलाइन     १३ चैत २०८२, शुक्रबार
यी हुन् बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय

काठमाडौं–  सरकारले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । 

बैठकले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने र सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ । 
 

प्रतिक्रिया