प्रहरी परिसरमा लेखकको बयान सुरू

राम्रो अनलाइन     १८ चैत २०८२, बुधबार
प्रहरी परिसरमा लेखकको बयान सुरू

काठमाडौं – पूर्वगृहमन्त्री तथा कांग्रेस नेता  रमेश लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं लगिएको छ । 

महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट लेखकलाई बयानका लागि परिसर लगिएको हो । पक्राउ परेका पूर्वगृहमन्त्री लेखकको परिसरमा बयान सुरु भएको छ । 

भदौ २३ र २४ गतेको घटनामा दमन गरेको आरोपमा जाँचबुझ आयोगको प्रतिवेदनमा सिफारिस भएअनुसार प्रहरीले उनलाई चैत १४ गते  पक्राउ गरेको थियो ।

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै लेखक पनि पक्राउ परेका थिए । दुबैलाई अदालतबाट पाँच दिनको थुना म्याद लिएर अनुसन्धान प्रक्रिया चलिरहेको छ । 

प्रतिक्रिया