काठमाडौँ– २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्न लागिएको प्रबन्ध निर्देशक निरक पौडेलले एक विज्ञप्ती जारी गरी जानकारी दिएका छन् ।
निर्देशक पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘कोरोनाको सक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’
