प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न सोमबार दाङ जाँदैछन् । उनले देउखुरीस्थित राप्ती नदीमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
राप्ती नदीमा बनेको सो पुल नेपालको दोस्रो लामो पुल भएको बताइएको छ ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।
करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो । पुलको ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको छ ।
नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।