काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी भएको छ । आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा रहेको सेकुवा कर्नरमा मंगलबार राति ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।
जस्ताको टहरोमा सन्चालित सो सेकुवा कर्नर सेकुवा पोल्ने कोइलाबाट आगलागी भएको प्रहरीले जनाएको छ ।