काठमाडौं– नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२७१ प्रतिशत) बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो ।
सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५।०९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १।७६, विकास बैंक १.९५, फाइनान्स २।८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढे ।
तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।