अभिनेत्री रेजिना उप्रेतीको ११ वर्षपछि फिल्ममा कमब्याक 

राम्रो अनलाइन     ११ माघ २०८०, बिहिबार
अभिनेत्री रेजिना उप्रेतीको ११ वर्षपछि फिल्ममा कमब्याक 


काठमाडौं– भनिन्छ  १२ वर्षमा खोलो पनि फर्किन्छ ! तर, लामो समयदेखि फिल्म क्षेत्रबाट टाढा रहेकी अभिनेत्री रेजिना उप्रेतीले ११ वर्षपछि  ‘मोदीबेनी’ बाट कमब्याक गर्दैछिन् । अभिनय कार्यशाला चलिरहेको फिल्मबाट अमरप्रताप श्रेष्ठले फिल्ममा डेब्यु गर्दैछन् । उनको पछिल्लो फिल्म ‘वरदान’ सन् २०१३ मा रिलिज भएको थियो । कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष गरी दुई कार्यकाल काम गरेकी उनले यस बीचमा केही म्युजिक भिडियो, विज्ञापन तथा छोटो फिल्ममा अभिनय भने गरिरहेकी थिइन् ।

रेजिनाले यो फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन सेयर गर्नेछिन् । अभिनेता सरोज खनाल पनि फिल्ममा देखिनेछन् । उनीसहित कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । अन्य शीर्ष कलाकार अडिसनबाट छनोट भएका हुन् ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन् । आनन्दविक्रम क्षेत्रीले लेखेको यो फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता छन् । ३५–४० वर्ष पहिले र हालको कथाको मिश्रण गरी बनाइने यो फिल्मको सेटिङ पर्वत जिल्लाको मोदीबेनी क्षेत्र हो । माघ १६ गतेदेखि फिल्मको छायांकन गर्ने तयारी छ ।

प्रतिक्रिया