काठमाडौं – चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको सिनेमाको टिजरमा मुख्य कलाकार फिचर्ड छन् ।
टिजरले लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखिन्छ । अविश्वास, नियत र आक्रमणको वरिपरि घुमेको टिजरमा शंका लागेसँगै कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् देखाउने प्रयास गरिएको छ ।
प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा देखिन्छ । निर्माण टिमले टिजरसँगै सिनेमा रिलिजको नयाँ मिति पनि सार्वजनिक गरेको छ । माघ १६ गते यो सिनेमा रिलिज हुनेछ ।
बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । चलचित्रमा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।