‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुन तुलसी नेदरल्याण्ड प्रस्थान 

राम्रो अनलाइन     १२ माघ २०८०, शुक्रबार
‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुन तुलसी नेदरल्याण्ड प्रस्थान 


काडमाडौँ–तेक्वान्दो आइटीएफ र नेपाल मुआ थाईको केन्द्रीय सदस्य एवं खेलाडी तुलसी थापा मगर जनवरी २७ मा नेदरल्याण्डको हेल्मोण्ड शहरमा आयोजना हुन गइरहेको ‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुने भएकी छिन् । 

नेपाल नेशनल मार्शल आर्टस गेम्स महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहेकी मगर विगत २० वर्षदेखि खेलकुदमा क्रियाशील छिन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भएर पदक जितेकी उनी मार्शल आर्टस गेम्सको वृद्धि विकासमा सक्रिय छिन् । 

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति गीरिजा प्रसाद कोइरालाको स्मृतिमा स्थापित जीपी कोइराला फाउण्डेशनको युवा तथा खेलकुद विभागकी प्रमुखसमेत रहेकी मगरले फाउण्डेशन मार्फत पनि खेलकुद गतिविधि अघि बढाउँदै आएकी छिन् । 

राष्ट्रिय खेलकुद परिषद्ले आज उनलाई एक कार्यक्रमका बीच सम्मेलनमा सहभागी हुनका लागि बिदाई गरेको थियो । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडी मगरलाई बिदाई गर्दै मार्शल आर्टस गेम्सको वृद्धि विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनको प्रशंसा गरेका थिए ।    


 

प्रतिक्रिया