दरबारमार्गस्थित होटल अन्नपूर्णमा अत्याधुनिक ‘भीटू क्लब’ सञ्चालन (तस्बिरसहित)

राम्रो अनलाइन     ३० भदौ २०८०, शनिबार
दरबारमार्गस्थित होटल अन्नपूर्णमा अत्याधुनिक ‘भीटू क्लब’ सञ्चालन (तस्बिरसहित)


काठमाडौँको दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबारदेखि अत्याधुनिक ‘भीटू क्लब’ सञ्चालनमा आएको छ । चर्चित मोडल योउशाको संयोजनामा ‘भिरागो नाइट’ आयोजना गरी क्लबको औपचारिक उद्घाटन गरिएको सञ्चालक कृष्णकुमार बुढाथोकीले जानकारी दिए । क्लबउ द्घाटनका अवसरमा लाइभ म्युजिक, बेली डान्स, फायर फ्लेरिङ, डिजे सेसन र फेशन शो आयोजना गरिएको थियो ।  मोडल योउशा र्‍याम्प मोडलिङमा फरकशैली अपनाउने मोडलमा परिचित छिन् । मोडल भन्ने बित्तिकै स्लिम र निश्चित मापदण्डको उचाइ नै भएका हुनुपर्छ भन्ने मान्यतालाई भत्काउँदै उनले प्रचलित मोडलिङको मान्यतामा नपर्नेहरूलाई पनि र्‍याम्पमा उतार्ने गर्छिन् । भी टू क्लबमा उनले विकिनीमा र्‍याम्प उतारेका सबै मोडल स्लिम थिएनन् । हरेक व्यक्ति आफैँ सुन्दर र आकर्षक हुने भएकाले शरीरको साइज र अनुहारको बनोट हेरेर सुन्दरताको मूल्यांकन गर्न नहुने उनले बताइने । समाजमा अझैपनि सर्वस्वीकार्य हुन नसकेका ट्रान्स जेन्डरहरूको आत्मविश्वास अभिवृद्धिका लागि आफूले यसखालका शोहरू गर्ने गरेको उनले बताइन् । 

 मोडल योउशा

दरबारमार्गमा खुलेको यो क्लब निकै आकर्षक छ । यो क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउण्डको संयोजन गरिएको छ । क्लबको इन्टेरियर निकै मनमोहक छ । सिटिङ अरेजमेन्ट पनि उत्कृष्ट रहेको छ । प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधा भएको यो क्लबले हरेक दिन फरकफरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको यसका व्यवस्थापक मनोज श्रेष्ठ बताउँछन् । 

स्वादिष्ट परिकार, ब्राण्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेहरूको प्रस्तुति रहने भीटू क्लब जान रुचाउनेहरूका लागि उत्कृष्ट गन्तव्य हुने सञ्चालक बुढाथोकीको दाबी छ । काठमाडौँको क्लब दुनियाँमा नयाँ ‘ट्रेन्ड सेटर’ का रूपमा स्थापित हुने लक्ष्यका साथ खुलेको भीटू क्लब अन्तर्राष्ट्रिय स्तरको रहेको व्यवस्थापक श्रेष्ठ बताउँछन् । 


 
 

प्रतिक्रिया