दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असार २८ मा रिलिज हुने

राम्रो अनलाइन     ०८ पुस २०८०, आइतबार
दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ असार २८ मा रिलिज हुने

काठमाडौँ–  दर्शक द्धारा सर्वाधिक रुचाइएको जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै अर्को वर्षको असार २८ गतेलाई फिल्मको प्रदर्शन मिति निश्चित गरिएको हो । 

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्ममा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, कविता आले, राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुनको पनि अभिनय रहनेछ ।  फिल्ममा निर्देशक मगरका साथै विनोद खतिवडा र सुभाष कोइरालाको लेखन छ ।

जीएम मुभिज प्रडक्सनको प्रस्तुतीमा जनक घर्ती मगर निर्माता रहेको फिल्ममा सुसन प्रजापति, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत रहनेछ । आरआर फिल्मसले वितरण गर्ने फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ । शीर्षकले नै फिल्मको कथावस्तुबारे बुझाउँछ । निर्देशक मगरले यसअघि दुई फिल्म ‘लोम्बा’ र ‘आग्रे’को निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया