गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरू खोज्दै प्रहरी

राम्रो अनलाइन     २२ मंसिर २०८२, सोमबार
गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरू खोज्दै प्रहरी

काठमाडौं – प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी थालेको छ ।

गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो । प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए ।

सोही समूहले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको घरमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गभर्नर पौडेलको घरमा आगजनी गर्नेहरूको भिडियो फुटेज फेला पारेको छ । फुटेजमा देखिएका युवाको पहिचान ललितपुर प्रहरीले गरिरहेको छ ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सरकारी तथा व्यक्तिको निजी घरमा आगजनी गर्नेहरूलाई पछिल्लो समय प्रहरीले धमाधम पक्राउ गर्दै कानुनी दायरामा ल्याइरहेको छ । 

अनुसन्धानमा संलग्न प्रहरीले गभर्नर पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिहरूको पहिचान भएको जनाएको छ 

प्रतिक्रिया