हाप्कि–डो वीन्टर क्याम्प सम्पन्न 

राम्रो अनलाइन     ०७ माघ २०८०, आइतबार
हाप्कि–डो वीन्टर क्याम्प सम्पन्न 

ललितपुर–नेपाल हाप्कि–डो संघको आयोजनामा हाप्कि–डो वीन्टर क्याम्प, २०२४ सम्पन्न भएको छ । संघ कोरिया हाप्कि–डो फेडरेसन, विश्व हाप्कि–डो संघ र नेपाल राष्ट्रिय मार्शल आर्टस गेम्स महासंघमा आवद्ध छ । 
ललितपुरको गोदावरीमा आयोजित एक दिने क्याम्पमा १ सय ५० जना खेलाडी सहभागी भएका थिए । नेपाल मार्शल आर्टस गेम्सका अध्यक्ष सुदीप पण्डित क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको क्याम्पमा विविध विषयमा छलफल गरिएको थियो । 
संघका अध्यक्ष ग्राण्ड मास्टर इनिपा महर्जनले आगामी दिनमा संघले गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । 


 

प्रतिक्रिया