काठमाडौं – जेनजी आन्दोलन जाँचबुझ आयोगले ६ महिनापछि आइतबार (फागुन २४) प्रतिवेदन बुझाएको छ ।
आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले जेनजी आन्दोलनका क्रममा सेक्युरिटी ल्याप्सेस (सुरक्षा कमजोरी) भएको र कारबाही सिफारिस पनि भएको जानकारी दिए ।
‘म यत्तिचाहिँ भन्छु जनेजी आन्दोलनका क्रममा सेक्युरिटी ल्यापसेस भएकै छ,’प्रवक्ता शर्माले भने, ‘हामीले कारबाही सिफारिस गरेका छौँ । तर, कस्तो कारबाही र क–ससलाई भन्ने कुरा अहिले यहाँ भन्दिनँ ।’
असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् ।