काठमाडौँ–काठमाडौँ जिल्ला तेक्वान्दो संघ आइटिएफ र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा यही पुस २० र २१ गते अर्थात जनवरी ५ र ६, २०२४ का दिन दशरथ रंगशाला, त्रिपुरेश्वर, काठमाडौँमा ११औं राष्ट्रिय जनरल चोई स्मृति आइ.टि.एफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । काठमाडौँ जिल्ला तेक्वान्दो संघ आइटिएफ अध्यक्ष एवं संयोजक शंकरदेव श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता संचालन हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश २ विभागीय टिमका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल । नेपालभरका ३०० भन्दाबढी खेलाडी सहभागी हुने यस प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १०८ कास्य गरी २१६ पदक, ६ वटा ट्रफीको लागि प्रतिस्पर्धा हुने छ । विजेता खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो स्थापनाकालदेखी निरन्तर रुपमा विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ । खेलाडीहरुको प्राविधिक स्तर बढाउन र खेलकुदलाई व्यावसासियक बनाउनु पर्दछ भन्ने मूल भाव राखी खेल खेलेर पनि आफ्नो जिविकोपार्जन गर्न सक्ने बनाउने उद्देश्य प्राप्तीको लागि यो खेल आयोजना गर्न लागिएको बताइएको छ ।