केयूको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त

राम्रो अनलाइन     ०७ माघ २०७७, बुधबार
केयूको उपकुलपतिमा  प्रा. डा. भोला थापा नियुक्त

सरकारले काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापालाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केयूको उपकुलपतिमा थापा नियुक्त भएका हुन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि तीन जनाको नाम छनोट गरेको थियो । छनोटमा नियुक्त भएका थापासहित वर्तमान उपकुलपति डा. रामकण्ठ माकाजु र बालचन्द्र लुइँटेल परेका थिए ।

डा. थापा केयूका पूर्वरजिष्ट्रार हुन् ।

प्रतिक्रिया