शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको सर्च कमिटीले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा तीन जनाको नाम छनोट गरेको छ ।
कमिटीले डा. रामकण्ठ माकाजु, भोला थापा र बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो ।
छनोटमा परेकामध्ये डा. माकाजु तेस्रो कार्यकालका लागि लगातार छनोटमा परेका हुन् । त्यस्तै थापा केयूका पूर्वरजिस्ट्रार हुन् भने लुइँटेल शिक्षा विभागका प्रमुख हुन् ।
केयूको उपकुलपतिमा ४४ जनाले इच्छा देखाएका थिए । जसमध्ये तीन जनाको नाम छनोट गरिएको हो ।
छनोट गरिएका तीने जनाका नाम कुलपति तथा प्रधानमन्त्रीसमक्ष पठाइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जनामध्ये एक जनाको नाम उपकुलपतिमा सिफारिस गर्नेछन् ।