लिटल प्रिन्स एण्ड प्रिन्सेस उपाधी स्वर्णिम र आर्डिना लाई

राम्रो अनलाइन     २६ माघ २०८०, शुक्रबार
लिटल प्रिन्स एण्ड प्रिन्सेस उपाधी स्वर्णिम र आर्डिना लाई

काठमाडौँ–इनोभेसन इभेन्ट म्यानेजमेन्ट एवं  निष्ट स्कुल भक्तपुरको सहकार्यमा आयोजित लिटल प्रिन्स एण्ड प्रिन्सेस– २०२४ को उपाधी स्वर्णिम खनाल ( निष्ट स्कूल भक्तपुर) जितेका छन् । प्रतियोगितामा सेकेण्ड भूमिका मैनाली (विद्या सागर इङ्लिस सेकेण्डरी स्कूल),  तेस्रो एडिका पौडेल ( निष्ट स्कूल भक्तपुर), चौथो – माङ्समा लिम्बू (यूनिक एकाडेमी स्कूल ) र पाचौँ – मन्सा थापा (ईशा मेमोरेबल स्कूल ) भए । 

यसैगरी समूह ‘ख’ तर्फ  प्रथम – आर्डिना बोमजोन (बाल्यर किड्स केस्टल),  सेकेण्ड– आरुसा थकुल्ला ( निष्ट स्कूल भक्तपुर), तेस्रो– विम्रर्स कार्की ( निष्ट स्कूल भक्तपुर), चौथो – युभाक्षी श्रेष्ठ (बाल्यर किड्स केस्टल)  र पाचौँ – आयन मानन्धर ( निष्ट स्कूल भक्तपुर) भए । 

प्रतियोगितामा ७ देखि १२ वर्ष सम्मका ५४ जना बालबालिकाले यस प्रतियोगतामा सहभागिता जनाएका थिए। गायनमा बरिष्ठ गायिका कुन्ती मोक्तान,  नृत्यमा डान्स कोरियोग्राफर युवराज गुरुङद्वारा प्रतियोगितामा सहभागी बालबालिकालाई प्रशिक्षण गराइएको थियो । प्रतियोगिताको कोरियोग्राफी तेन्जु योन्जन र सुमी बाँनियाले गरेका हुन् 

शिक्षामा मात्र नभई अन्य क्रियाकलापमा पनि बालबालिका अघि बढुन् भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्दै आएको आयोजक महेश केसी ले बताए । 


 

प्रतिक्रिया