नेपालकै उत्कृष्ट ब्यांक्वेट ‘हर्ष बाटिका’

राम्रो अनलाइन     १२ पुस २०८१, शुक्रबार
नेपालकै उत्कृष्ट ब्यांक्वेट ‘हर्ष बाटिका’

ललितपुर– हस्पिट्यालिटी क्षेत्रमा अब्बल सेवा प्रदान गर्ने उद्देश्यसहित सम्भवतः काठमाडौं उपत्याककै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको ब्यांक्वेट ‘हर्ष बाटिका’ ललितपुरको बालकुमारीमा सञ्चालनमा आएको छ । ३६ हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको यो ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल १२ हजार वर्ग स्क्वायर फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले जानकारी दिए । 

‘ग्राउण्ड फ्लोर’ र ‘फस्र्ट फ्लोर’ गरी दुई वटा विशाल पार्टी हल रहेको ‘हर्ष बाटिका’ लाई युनिक थिममा निकै आकर्षक ढंगले आरजी क्रियसन नेपालले डिजाइन र निर्माण गरेको हो । ११ रोपनी क्षेत्रफलमा फैलिको चार कुना मिलेको जग्गामा निर्माण गरिएको ‘हर्ष बाटिका’ पुग्नेहरू यसको भव्यता देखेर निकै हर्षित हुने गरेका छन् ।

कोटेश्वरबाट बालकुमारी जाँदा पुल तर्ने बित्तिकै चक्रपथबाट १०० मिटरको हनुमन्ते खोला करिडोरमा रहेको हर्ष बाटिकमा पर्याप्त पार्किङको सुविधा रहेको छ । यहाँ दुई सय वटा चार पाङ्ग्रे सवारी साधन र दुई सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ । लोकेसनका हिसाबले काठमाडौं र ललिलतपुरको बीचमा रहेको ब्यांक्वेट निकै पायक पर्ने स्थानमा छ । यहाँ भक्तपुरबाट पनि इभेन्ट गर्न पायक पर्ने हर्ष बाटिकाका प्रबन्ध निर्देशक विकल श्रेष्ठ बताउँछन् । 

‘हर्ष बाटिकाको कन्सेप्ट र डिजाइनका लागि निकै अनुभव टिमलाई जिम्मा दिएका कारण यसको भव्यता सम्भव भएको हो’, सञ्चालक कार्कीले भने, ‘हामीले धेरै अध्ययन र सोधखोज पछि नेपालमा उत्कृष्ट र युनिक ब्यांक्वेट डिजाइन तथा निर्माण गर्दै आइरहेको आरजी क्रियसन नेपाललाई यसको निर्माण गर्न सुम्पिएका थियौँ ।’ 
सोचेभन्दा र हाम्रो प्लानभन्दा धेरै राम्रो ब्यांक्वेट निर्माण गरेर आरजी क्रियसनले हस्तान्तरण गरेको भन्दै उनले खुशी व्यक्त गरे । आरजी क्रियसनले हर्ष बाटिक मास्टर पिस बनाएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । 

‘लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवम् विविध भेराइटीका खानाका कारण हर्ष बाटिकाले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम छैन’ सञ्चालक कार्कीले  भने । हर्ष बाटिका भिजिट गर्ने जोकोही पनि यसको सजावट र भव्यता देखेर मत्रमुग्ध हुने गरेको उनी बताउँछन् । 

आरजी क्रियसनले काठमाडौँ उपत्यका लागायत देशका विभिन्न शहरमा दर्जनौँ ब्यांक्वेट तथा हस्पिट्यालिटीसँग सम्बन्धित दर्जनौँ प्रोजेक्टहरू निर्माण गरिसकेको छ । ‘हर्ष बाटिकमा प्रयोग गरिएका फर्निचर, लाइट, डोकेरेसनका आइटम नेपालका कुनै होटल तथा ब्यांक्वेटमा प्रयोग नभएका गरिएको छ’, आरजी क्रियसनका अध्यक्ष राम गिरीले भने, ‘आफ्नो आवश्यकता र स्पेस अनुसारको साइजमा फ्युजन गरेर इन्टेरियर सामग्री अर्डर गरेर आयत गरिने भएकोले अरुभन्दा भिन्न हुने गरेको उनले बताए । 

अध्यक्ष गिरीले आफ्नो आइडिया र भिजनलाई व्यवहारमा उर्तान दक्ष सिभिल इन्जिनियर, आर्टिटेक्ट, लाइट सम्बन्धि काम गर्ने दक्ष प्राविधिक एवं दक्ष निर्माण कालिगडहरूको प्रयोग गर्ने गरेका छन् ।

ब्यांक्वेट निर्माणको काम लिइसकेपछि सञ्चालकहरूलाई उहाँहरूले सोचेभन्दा अब्बल खालको प्रडक्ट दिनु नै आरजी क्रियसनको एकमात्र उद्देश्य रहेको अध्यक्ष गिरी बताउँछन् । ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ । तर, हर्ष बाटिकाले गोष्ठी, सेमिनार, विभिन्न किसिमका तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउँछ । करिब तीन हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको छ ।

ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा ब्यांक्वेटमा उपलब्ध छ । हर्ष बाटिकामा लाइटिङ सिस्टम निकै सुन्दर र आकर्षक रहेको छ ।

 

 

प्रतिक्रिया