ताप्लेजुङ– ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विसं २०७० यता १८४ तोला ६ लाल सुन संकलन भएको छ। पाथीभरामा भक्तजनहरुले सुनका विभिन्न गरगहानाहरु चढाउने गर्दछन् । पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गरेर रिफाइन गर्दै आएको छ ।
पाथीभरा भारत र आन्तरिक पर्यटकहरुले रुचाउने स्थान हो । यसलाई पूर्वको पशुपतिनाथ भनेर पनि चिनिन्छ । पाथीभरा मन्दिर आफूले भाकल गरेको मनोकांक्षा पूरा भएपछि पूजा गर्न जानेको संख्या बढिरहेको छ ।