‘पढाइको थकान मेटाउन मोडलिङ गर्छु’

जयन सुब्बा मानन्धर     १४ फागुन २०७७, शुक्रबार
‘पढाइको थकान मेटाउन  मोडलिङ गर्छु’

मोडलिङ मेरो सोख हो। म एमबीबीएस तेस्रो वर्षको विद्यार्थी हुँ। पढाइमा धेरै समय दिनुपर्ने भएकाले मैले मोडलिङलाई थकान मेटाउने माध्यम बनाएको छु।  बुबालाई मोडलिङ र कलाकारिता मन पर्ने भएकाले मलाई यो क्षेत्रमा लाग्न प्रेरित गरिरहनुभएको छ। चिकित्सा विषय पढ्ने मानिस पनि मोडलिङमा लागेको भनेर अचम्म मान्नेहरू पनि छन्। तर, म क्लास नभएको र कलेज बिदा भएका बेला मोडलिङ गर्छु। फोटो सुट, विज्ञापनमा अभिनय गरेर मोडलिङलाई अगाडि बढाउँदै छु। फिटनेसका लागि जिम जान्छु। 

पढाइबाट थकित भएका बेला फरक खालको काम गर्दा फ्रेस हुने भएकाले मैले मोडलिङमा थोरै भए पनि समय दिइरहेको छु। यो क्षेत्रमा मलाई रमाइलो लागि रहेको छ। मोडलिङमा लागेपछि पढाइ छोड्नुपर्छ भन्ने छैन। एमबीबीएस अध्ययन गर्दागर्दै पनि मोडलिङ गर्न सकिन्छ भने अन्य विषय अध्ययन गरिरहेकाले पनि आफ्नो पढाइसँगै यो पेशालाई अघि बढाउन सक्छन्। चिकित्सक भइसकेपछि पनि म पार्ट टाइम मोडलिङ नै गर्ने सोचमा छु। 

प्रतिक्रिया