फ्रान्समा शनिबारदेखि २८ दिन लकडाउन घोषणा

विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने
एजेन्सी     १९ चैत २०७७, बिहिबार

काठमाडौं । फ्रान्समा कोरोना भाइरसको संक्रमण बढेपछि  चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।

राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने र साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न भनिने उनलेबताए । मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।

सार्वजनिक समारोह गर्न पूर्णरुपमा रोक लागउने उनले बताए  । संक्रमण फैलिन नदिन सार्वजनिक समारोह गर्न रोक लगाइएको हो । त्यहाँको सरकारले शुक्रबार पर्ने इस्टर पर्व मनाउन मानिसहरुलाई छुट दिएको छ ।

राष्ट्रपति म्याक्रोले आगामी हप्तादेखि विद्यालयहरु पनि कम्तिमा तीन हप्ताका लागि बन्द हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति म्याक्रोले आफ्नो सन्देशमा भनेका छन्, कोरोना संक्रमण बढ्दो क्रममा भए पनि यसलाई रोक्न अप्ठ्यारो नभएको बताएका छन् । त्यसैले फ्रान्सीसी नागरिकलाई नडराउन उनले आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया