अत्यधिक गर्मीपछि भारतमा ‘रेड अलर्ट’ जारी, बालबालिका र वृद्धवृद्धाकाे स्वास्थ्यमा समस्या

राम्रो अनलाइन     १७ जेठ २०८१, बिहिबार
अत्यधिक गर्मीपछि भारतमा ‘रेड अलर्ट’ जारी, बालबालिका र वृद्धवृद्धाकाे स्वास्थ्यमा समस्या

भारत– लोकसभा चुनावको हलचलबीच भारतको उत्तरी क्षेत्रमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) काअनुसार नयाँ दिल्लीको मुङ्गेशपुरमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। जुन भारतीय भूमिमा अहिलेसम्मकै उच्च तापक्रम हो।

अत्यधिक तापक्रम र तातो हावाबाट पर्न सक्ने जनस्वास्थ्यलाई मध्यनजर गर्दै उत्तरी र पश्चिमी भारतका केही स्थानहरुमा रेड अलर्ट जारी गरिएको छ। रेड अलर्टको अर्थ गर्मीबाट पर्न सक्ने स्वास्थ्य समस्याको जोखिम हो।

गर्मीका कारण बिरामी परेर केही व्यक्तिहरुको मृत्युसमेत भनेको बिबिसीले जनाएको छ। भने, विद्यालयमा बालबालिका बेहोस हुन थालेका छन्। दिल्लीका चिकित्सक चन्द्रकान्त लहरियाले गर्मीका कारण आज(भोलि चिकित्सकीय परामर्श लिनेको संख्या बढेको बताएका छन्।

डाक्टर चन्द्रकान्त लहरियाले बिबिसीसँग भने, ‘मेडिकल क्लिनिकमा आउने बिरामीको संख्या बढेको छ।’ उनकाअनुसार वृद्धवृद्धा बढी स्वास्थ्य समस्या देखिएको छ। गर्मीका कारण उनीहरुको स्वस्थ्यमा नराम्रो असर परेको छ। भौतिक निर्माणस्थलमा गर्मीको प्रभाव उच्च रहेको छ।

त्यस्तै गर्मीका कारण राजधानी दिल्लीमा पानीको समस्यासमेत देखिएको छ। नेपालस्थित जनरल फिजिसियन डा.नारायण बस्नेतका अनुसार ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनु अत्यधिक गर्मी हो। अत्यधिक गर्मीका कारण मानिसको ज्वरो आउने, बान्ता हुने, रिङ्गटा लाग्ने, हिट स्ट्रोक हुने जस्ता स्वास्थ्य समस्या देखा पर्छन्।

गर्मीको प्रभाव बालबालिका र मुटु, किड्नी तथा श्वासप्रश्वाससम्बन्धी रोग भएका जेष्ठ नागरिकहरुमा बढी हुने गर्छ।

गर्मीबाट जोगिन चोसो ठाउँमा बस्ने, झोलिलो पदार्थ पिउने, चिल्लो बढी भएको खाना नखाने, सकेसम्म घरबाहिर गएर गर्नु पर्ने काम कम गर्ने, खेत–बारीमालगायत खुल्ला क्षेत्रमा काम गर्नु परेमा छाते–टोपीलगाउने, पातलो कपडा लगाउने, छाता ओड्ने गर्नुपर्छ।

प्रतिक्रिया