सितापाइलामा दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् जंगलमा झुण्डिएको अवस्थामा फेला

राम्रो अनलाइन     ०९ फागुन २०८०, बुधबार
सितापाइलामा दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् जंगलमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं–  नागार्जुन नगरपालिका– ६ सितापाइलामा हत्या गरेको अवस्थामा छोरीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

आज बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको शव कोठामा भेटिएको थियो ।  उनले श्रीमती  ईश्वरी श्रेष्ठ दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया