कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझायाे

राम्रो अनलाइन     १५ पुस २०८२, मङ्गलबार
कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझायाे

काठमाडौं– नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । कांग्रेसले आज अपराह्न सबैभन्दा ढिलो निर्वाचन आयोगमा बन्दसूची  बुझाएको हो । 

सभापति शेरबहादुर देउवाको हस्ताक्षरका कारण कांग्रेसले बन्दसूची बुझाउन ढिलो गरेको थियो । खसआर्यतर्फका तीन महिलामा कसलाई राख्ने भन्नेमा संस्थापन र इतरपक्षबीच विवाद हुँदा कांग्रेसले बन्दसूचीलाई अन्तिम रूप दिन लामो समय लगायो । 

कांग्रेसले लामो रस्साकस्सीपछि समानुपातिक बन्दसूचीको नाम टुंगो लगाएको थियो । मंगलबार बिहानसम्म पनि उमेदवारको विषयमा कुरा नमिलेपछि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार लिस्ट बोकेर बिहान ४ बजे निर्वाचन आयोग पुगेका थिए ।

तर, उक्त सूचीमा सभातिको हस्ताक्षार छुटेको भन्दै कांग्रेस नेता देउवा निवास पुगेका थिए । त्यहाँबाट अबेर फर्किएका उनीहरू पुनः खसआर्यतर्फका महिला उमेदवारको नाममा लामो समय अझिएका थिए । कांग्रेससँगै बन्दसूची पेस गर्ने दलको संख्या ६४ पुगेको छ । देउवा निवासबाट फर्किएपछि मुख्यसचिव कृष्ण पौडेलले सूची बुझाएका थिए ।

प्रतिक्रिया